सुस्वास्थ अस्पतालको सेवा एक दशक पुरा, १८ हजारभन्दा बढी बिरामी लाभान्वित

52
Shares

काठमाडौँ, १ माघ ।  प्राकृतिक तथा औषधिविहीन उपचारमा आधारित  सुस्वास्थ अस्पतालले आफ्नो स्थापनाको १० वर्ष सफलतापूर्वक पूरा गरेको छ।

सुरुवातकै समयमा महाभूकम्प त्यसपछि नाकाबन्दी र केही समय पछि कोभिड–१९ महामारीजस्ता चुनौतीपूर्ण समयलाई पार गरेको यस अस्पतालले एक दशकको अवधीमा १८ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको जनाएको छ।

नयाँ बानेश्वर, मीनभवनमा रहेको अस्पतालले प्राकृतिक चिकित्सा, अकुपञ्चर र फिजियोथेरापीलाई एकीकृत रूपमा प्रयोग गर्दै हाडजोर्नी, नसा, कम्मर, गर्दन, माइग्रेन, प्यारालाइसिसलगायत समस्याको उपचार गर्दै आएको छ। उपचारसँगै रोग नलागेका व्यक्तिलाई पनि पूर्ण स्वास्थ्य अनुभूति गराउने अस्पतालको लक्ष्य रहेको छ।

अस्पतालका अनुसार १० वर्षमा १० हजार ९७७ सशुल्क र ७ हजार २१० निःशुल्क गरी कुल १८ हजार १८७ बिरामीको सफल उपचार गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम तथा विपन्न समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ।

दशौँ बार्षिकोत्सवको अवसरमा अस्पताल अध्यक्ष सुदर्शन बस्नेतले विज्ञप्ती जारी गर्दै बिरामीको विश्वास, स्वास्थ्यकर्मीको समर्पण र सहयोगी संस्थाको साथ नै संस्थाको प्रमुख शक्ति भएको बताएका छन्।

त्यसो त सुस्वास्थ्य अस्पताल विसं २०५६ सालबाट सञ्चालनमा आएको वैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित रुप हो ।

सुरुका वर्षहरुमा आधारभूत संरचना निर्माण गर्दै हाडजोर्नी, नसा, कम्मर गर्दन, घुँडा प्यारालाइसिस, माइग्रेन जस्ता समस्याको उपचार सुरु गरेको यो अस्पताल एक दशकको अवधीमा आफूलाई अब्बल सावित गरेको छ ।

पछिल्लो पटक ताइवानका विश्वविद्यालयसंगको सहकार्य, विदेशी इन्टर्नशीप, तालीम तथा आधुनिक चिकित्सकको सेवा थपिनुले सुस्वास्थ्यलार्य थप सुदृढ बनाएको अध्यक्ष बस्नेत बताउँछन् ।

कुल ३४ जना दक्ष जनशक्तिको टीमबाट सञ्चालित यस अस्पताल यतिवेला प्राकृतिक उपचार प्रतिको विश्वास, करुणा र निरन्तर सेवाको प्रतीक बनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *