शहीद गंगालाल हृदयकेन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्ललाई प्रश्न : आजबाट स्वास्थ्य बीमा कार्यक्रम रोकिएको हो ?

108
Shares

आजबाट शहीद गंगालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम रोकिएको हो ?
– रोकिएको छैन ।

तर,  हजुरकै हवाला दिएर गंगालालमा पनि आजबाट स्वास्थ्य बीमा कार्यक्रम रोकियो भनेर खबर आईरहेको छ त ?
– कुरा के भने हामी कहाँ ‘डे वान’ देखि नै भर्ना भएका बिरामी (इन्डोर)को उपचारमा स्वास्थ्य बीमा कार्यक्रम लागू छैन । गंगलालमा ओपिडी र फार्मेसीमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागू छ ।

इन्डोरलाई नदिनुको कारण ?
– इन्डोरलाई स्वास्थ्य बीमा कार्यक्रम लागू नगर्नुको कारण हामीलाई सरकारले दिएको सामाजिक सेवा अन्तर्गतको कार्यक्रममा रकम धेरै छ । स्वास्थ्य बीमा कार्यक्रमको रकम एक लाख रुपैयाँ मात्रै छ । निर्देशिकामा राज्यले दिने आर्थिक सुविधा अर्थात दोहोरो सुविधा नहुने व्यवस्था भएकोले हामीले स्वास्थ्य बीमा कार्यक्रम लागू नगरेका हौँ । किनभने भर्ना भएका बिरामीमा बच्चाकोमा साढे दुई लाख रुपैयाँ पाइन्छ, जेष्ठ नागरिक र निशुल्क वार्ड सेवामा तीन लाख रुपैयाँको सुविधा छ । स्वास्थ्य बीमा एक लाख रुपैयाँ दिदा त बिरामीलाई नै घाटा हुन्छ । त्यसैले ओपिडी र फार्मेसी सेवामा मात्रै बीमा कार्यक्रम लागू गरेका हौं ।

यो सुविधा त विपन्न नागरिक सुविधा अन्तर्गतको होईन र ?
हो, तर अब यो कार्यक्रम पनि स्वास्थ्य बीमा कार्यक्रममा जोडिएको छ । त्यसैले अब के गर्ने भन्नेमा हामी सोचनीय अवस्थामा छौँ । सायद बन्द नै पो गर्छौ कि, तर अब अरु अस्पतालहरुले के गर्छन् हामी पर्ख र हेरको अवस्थामा छौँ ।

अब विपन्न पनि फेरी किन रोक्ने सोचमा नि ?
होईन, हाम्रो उपचार वापतको सोधभर्ना रकम नपाउँदा अस्पताललाई गाह्रो भएको छ । विपन्नको मात्रै हामीले लिनुपर्ने २६ करोड बढी छ । इन्डोर नलिदा पनि स्वास्थ्य बीमा कार्यक्रमको १४ करोड बढी रकम बोर्डसंग लिनु छ । धेरै रकम बक्यौता हुँदा, हामीले तिर्नुपर्ने ठाउँमा अफ्टेरो हुन्छ । तलव भत्ता देखि औषधी, उपचारका लागि आवश्यक अन्य सामग्री खरीद गर्न गाह्रो हुन्छ । त्यसैले सरकारले यी विषयलाई गम्भीर रुपमा लिएर तत्काल बक्यौता दिनु पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *