फार्मेसी परिषद्को बोर्ड बैठक:

फार्मेसी सहायकको लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थप

24
Shares

काठमाडौँ, ३० पुस । नेपाल फार्मेसी परिषद्ले ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि फार्मेसी सहायक (डिप्लोमा इन फार्मेसी) को आवेदन फारम भर्ने समयवधी १५ दिन थप गरेको छ ।

गत २५ पुसमा बसेको परिषद्को बोर्ड बैठकले आगामी ५ माघसम्म तोकिएको फारम भर्ने मिति बढाएर २० माघसम्म पुर्‍याएको हो ।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले नयाँ उत्तीर्ण विद्यार्थीहरुलाई पनि समावेश गर्न सकियोस भन्ने उदेश्यले बोर्ड बैठकले फारम भर्ने अवधी थप गरेको बताए ।

‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी)बाट डिप्लोमा इन फार्मेसी तेस्रो वर्षको नतिजा गत २४ पुसमा प्रकाशित भएको परिस्थितिमा नयाँ उत्तीर्ण विद्यार्थीहलाई पनि समावेश गर्न सकियोस भनेर बोर्ड बैठकबाट नै फारम भर्ने अवधी थप गर्ने निर्णय गरेका हौँ,’ रजिष्ट्रार पाण्डेयले अगाडी थपे, ‘बी फार्मेसी (फर्मासिष्ट)को आवेदन फारम भर्ने म्याद र परीक्षा तालिकामा भने कुनै परिवर्तन भएको छैन ।’

यस्तै बैठकले परिषद्को नाम दर्ता परीक्षा कम्प्युटर प्रणालीमार्फत सञ्चालन गर्ने र सो परीक्षा बहु केन्द्र प्रादेशिक स्तरमा सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने विषयमा पनि निर्णय गरेको छ ।

यसैगरी बैठकले फार्मेसी सहायकको आवेदन दिदा आगामी सत्रबाट दरखास्तवालाले अनिवार्य रुपमा परिषद्द्धारा जारी प्रयोगात्मक गतिविधिहरुको लगबुक बमोजिमको कागजात पेश गर्नु पर्ने निर्णय गरेको छ ।

तर, अहिलेलाई भने बोर्ड विश्वविद्यालय र प्रतिष्ठानले पाठ्यक्रममा तोके बमोजिमको प्रोफेसनल फिल्ड प्राक्टिस पुरा गरेको कागजात अनिवार्य पेश गर्नु पर्ने निर्णय गरेको रजिष्ट्रार पाण्डेयले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *