अदालतमा बिचाराधिन रहेको विषयमा निर्णय नगर्न नेपाल स्वास्थ्य प्राविधिक संघको माग

काठमाडौँ, २९ पुस । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) ले अदालतमा बिचाराधीन रहेको विषयमा थप निर्णय नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई आग्रह गरेको छ ।
रिक्त पदाधिकारी नियुक्तीका विषयमा स्वास्थ्य मन्त्रालय तथा परिषद्का कतिपय पदाधिकारीले गैर कानूनी निर्णय लिन लागेको भन्ने विषय जानकारीमा आएको भन्दै पानले त्यसो नगर्न सचेत गराएको हो ।
सोमबार पानद्धारा जारी विज्ञप्तीमा परिषद् ऐनको दफा ४(१) ङ कार्यान्वयन गर्न र ४ (१) च लागु गर्न नियमावली संसोधन गराउने कार्य पश्चात जुन जुन विधाको प्रतिनिधित्व हुन सकेको छैन ती ती विधामा (४) २ को माध्यमबा सम्वोधन गर्न वा समस्याको दीर्घकालीन समाधानको लागि अनुकुल अवस्थामा ऐन संसोधन गर्नका लागि मन्त्रालय तथा स्वास्थ्य मन्त्रीलाई अनुरोध गरिएको तर अनुरोधलाई हल्का रुपमा लिई नजरअन्दाज गरिएको आरोप लगाइएको छ ।
पानले यसपछि मन्त्रालय र परिषदलाई विपक्षी प्रत्यर्थी बनाई २२ पुसमा रिट दायर गरेको र अदालतले २ माघका दिन दुबै पक्षलाई दोहोरो छलफलका लागि बोलाएको भन्दै यस बीचमा कुनै निर्णय नगर्न सचेत गराएको छ ।
हेर्नुहोस विज्ञप्ती:

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
