प्रेमसागरले जाजरकोट पुगेर १८५ औँ पटक रक्तदान गरे

12
Shares

जाजरकोट २४ पुस । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जाजरकोट पुगेर आफ्नो १८५ औँ रक्तदान गरेका छन् । उनले आज जाजरकोट जिल्ला अस्पतालमा पुगेर १८५औं पटक रक्तदान गरेका हुन् ।

सो अबसरमा बोल्दै कर्माचार्यले नागरिकबाट निशुल्क प्राप्त हुने रगत बिरामीलाई पनि निशुल्क उपलव्ध गराउन सरकारसंग आग्रह गरे ।

कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए । उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे ।

यस्तै भेरी नगरपालिकाका ३ नम्बर वडाका वडा अध्यक्ष लिलाबहादुर शाहले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्नका लागि रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, आगामी आर्थिक वर्षमा पनि रक्तसंचार केन्द्रका लागि थप रू १ लाख छुट्याउने प्रतिबद्धता जनाए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाका अध्यक्ष प्रेमबहादुर ओलीले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *