अध्यक्षमाथि दुर्व्यहार गर्नेमाथि कार्वाहीको माग राख्दै डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द गर्ने घोषणा

काठमाडौँ, २३ पुस । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यहार गर्ने बिरुद्ध कानूनी कार्वाहीको माग गर्दै डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले दुर्व्यहार गर्ने माथि कार्वाही नहुँदासम्म भोलिबाट आकस्मिक बाहेकका सेवा नदिने बताएका छन् ।
केहीवेर अघि अस्पताल विकास समितिको नाममा जारी विज्ञप्तीमा दोषीलाई तत्काल कानूनी दायरामा नल्याएसम्म २४ पुस देखि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द हुने उल्लेख छ ।
घटना के भएको थियो ?
दिउसो अस्पताल प्रशासनका टिमसंग बसिरहेका अध्यक्ष ओझालाई केही अपरिचित व्यक्तिले तपाईँसंग काम छ आफ्नो च्याम्बरमा हिड्नुस भनेर लगेका थिए । तर उनको च्याम्बरमा पुग्ने वित्तिकै कालो तरल पदार्थ मुखमा घसेका थिए । सो क्रममा खिचिएको सानो भिडियामो उनीमाथि भ्रष्टाचारको आरोप लगाएको सुनिन्छ । साथै दुर्व्यहार गर्ने व्यक्तिहरुले नेकपा बहुमत जिन्दावाद भनेको समेत सुनिन्छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा सुधा देवकोटाले विना आधार अध्यक्षमाथि दुुर्व्यहारको घटनाले बातावरण त्रासपूर्ण बनेको बताईन् । उनले यस्तो अवस्थामा सेवा दिन अफ्टेरो हुँने भन्दै अस्पताल परिवार नै त्रसित भएको भन्दै दुर्व्यहार गर्ने माथि कार्वाहीको माग राखिएको बताईन ।
अस्पतालद्धारा जारी विज्ञप्ती हेर्नुहोस्

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
