मानबहादुर लिम्बु बने कोशीको स्वास्थ्य मन्त्री

विराटनगर, २२ पुस । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा मानबहादुर लिम्बु आएका छन् । यसअघि कोशीको स्वास्थ्य मन्त्री भुपेन्द्र राई थिए ।
मुख्य मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्रेसबाट ५–५ जना नयाँ मन्त्री नियुक्त गर्दा स्वास्थ्यको जिम्मेवारी लिम्बुले पाएका हुन् ।
नवनियुक्त मन्त्री लिम्बु नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले–कांग्रेसको नयाँ सत्ता समीकरणअनुसार उनी सरकारमा सहभागी भएका हुन् ।
मुख्यमन्त्री कार्कीले मंगलबार १० जना नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् ।
योसँगै कोशीको क्याबिनेट ११ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
