शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा प्राडा सुनीलकुमार जोशी नियुक्त, रजिष्ट्रारमा डा. खेमराज

88
Shares

काठमाडौँ, २२ पुस । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्राडा सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. खेमराज जोशी नियुक्त भएका छन् ।

मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले प्राडा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिष्ट्रार नियुक्त गरेको हो ।

उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजका कम्युनिटी मेडिसिनका प्राध्यापक हुन् ।

यसअघि उपकुलपति एवं रजिष्ट्रार छनोट तथा सिफारिस समितिले उपकुपतिका लागि तीन पटक आवेदन खुला गरेको थियो । कात्तिक १६ र ३० गते दरखास्त आह्वान गर्दा दरखास्त नपरेपछि समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा ५ दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो ।

शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए । तेस्रो पटक आह्वान गर्दा उपकुलपति पदका लागि २ जनाको दरखास्त परेको थियो ।

त्यस्तै, रजिष्ट्रारका लागि भने १० जनाको आवेदन परेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा  प्रमाणीकरण गरेका थिए। त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *