यस वर्ष योग दिवसका कार्यक्रम सप्ताहव्यापी हुने

40
Shares

काठमाडौँ, २१ पुस । यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वास्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल आदर्श वाक्यका साथ मनाइँदैछ ।

नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाइँदै आएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतमा बसेको मूल समारोह उपसमितिको बैठकबाट यस वर्ष सप्ताहव्यापी रूपमा योग दिवसका कार्यक्रमलाई प्राथमिकताका साथ प्रचारप्रसार गर्ने निर्णय भएको छ ।

ऋषि महर्षिको तपोवन मानिएको नेपाल योग साधनाको उद्गम थलोका रूपमा मानिएको छ ।

दैनिक योगभ्यासले मानिसलाई अनुशासित, नैतिकवान् मात्र नभई स्वस्थ तथा शरीर फुर्तिलो र जाँगरिलो बनाउने विश्वास गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *