राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा, कोशीको प्रमेसुमा डा. चौधरी

काठमाडौँ, २१ पुस । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा डा रुना झा नियुक्त भएकी छन् । स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा झालाई प्रयोगशालाको निर्देशक बनाउने निर्णय गरेकी हुन् ।
यसअघि डा झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट थिईन ।
डा झा काठमाडौँ आएपछि कोशीमा प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन (एघारौँ तह) का डा राम नारायण चौधरीलाई प्रमेसुको जिम्मेवारी दिएकी छन् ।
यता प्रयोगशालाका निर्देशक रहेका डा रञ्जनराज भट्टलाई पनि आफ्नै दरबन्दीमा काम कारवाही गर्ने गरि प्रयोगशालामा नै राखिएको छ ।
डा झासंग प्रयोगशालामा लामो समय निर्देशक भएर काम गरेको अनुभव छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
