पोषणयुक्त तथा स्वस्थ खाना प्रर्वद्धनका लागि सचेतना कार्यक्रम सम्पन्न

पाल्पा, २१ पुस । जिल्लाको पूर्वखोला गाउँपालिका ५ स्थित वीरकोट स्वास्थ्य चौकीले स्याफतमा सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरी स्तनपान र स्थानीय पोषणयुक्त तथा स्वस्थ खाना प्रवर्द्धनका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
पोषण कार्यक्रम अन्तर्गतको सो सचेतना कार्यक्रमका स्थानीय गर्भवती तथा सुत्केरी महिलाहरु तथा अगुवाहरुको उपस्थिति थियो । सो अवसरमा वीरकोट स्वास्थ्य चौकी प्रमुख प्रियाकुमारी साहले कार्यक्रमको उदेश्यबारे बताएकी थिईन ।
वडा अध्यक्ष विष्णुकुमार पल्लीले सुनौलो हजारका दिनका आमाहरुका लागि लक्षित कार्यक्रमको आवश्यकता र महत्वका बारेमा बताएका थिए । उनले मातृमृत्यु तथा बाल मृत्युदर घटाउनका साथै बालबाललिकामा हुनसक्ने कुपोषण हटाउनका लागि पनि यस कार्यक्रम महत्वपूर्ण रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पालिकाले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा पोषण कार्यक्रम एक महत्वपूर्ण कार्यक्रम भएको बताए । उनले स्थानीय तहमा रहेका खाद्यन्नहरुबाट नै पोषणयुक्त खाना बनाउन सकिने उल्लेख गर्दै सचेतनाका लागि पनि यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
