स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माको दुई महिना :

ठोस प्रगति विना नै सार्वजनिक गरिएको प्रगति विवरण

72
Shares

काठमाडौँ, १६ पुस । जेनजी आन्दोलन पछि गठित सरकारको स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले दुई महिनाको अवधीमा आफूले गरेका स साना कामलाई लिपिवद्ध गरी आफ्नो प्रगति विवरणमा समावेश गरेकी छन् । तर उनले उल्लेख गरेको विवरणमा ठोस प्रगतिका कुरा भने कतै देखिदैन ।

नियमित र सामान्य मानिने वीर अस्पताल सहितका केही अस्पतालको अनुगमन निरीक्षण, भारतमा भएको एउटा बैठकमा सहभागी भएको, केही समिति गठन र पहिले देखि नै प्रक्रियामा रहेका प्रस्तावहरुलाई मन्त्रिपरिषद्मा टेवल गरेको कुरालाई उनले आफ्नो विवरणमा राखेकी छन् ।

स्वास्थ्य सचिवबाट अवकाश लिएकी डा शर्माले जेनजी आन्दोलनपछि मन्त्रीको जिम्मेवारीमा आउँदा स्वास्थ्यमा धेरै नयाँ र उल्लेखनीय कामको थालनी हुने अपेक्षा थियो । तर त्यसो हुन नसकेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

मन्त्री शर्माले सुरु देखि नै स्वास्थ्य बीमा, औषधी व्यवस्था, खरीद तथा आपूर्ति श्रृङ्खला, मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, आप्रवासी श्रमिक स्वास्थ्य लगायतका विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै आएकी छन् । उनले दुई महिने प्रगति विवरणमा पनि यी क्षेत्रमा भएका कामका विषयहरु उल्लेख गरेकी छन् । तर उनले भने जस्तो गरी प्रगति भने देखिएको छैन ।

बरु उनले गरेको एउटै नयाँ काम मानसिक स्वास्थ्य सचेतना अभियानको शुभारम्भ भने हो । उनले मानसिक स्वास्थ्य सचेतना अभियान भनेर आगामी फागुन महिनासम्म तीन महिना सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गरेकी छन् ।

हेर्नुहोस् प्रगति विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *