नेपाल चिकित्सक संघको अध्यक्ष पदमा डा. मंगल रावलको उम्मेद्धारी घोषणा

88
Shares

काठमाडौँ, ७ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. मंगल रावलले आगामी माघ महिनामा हुन गईरहेको नेपाल चिकित्सक संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट भिडियो सन्देश समेत जारी गर्दै उनले उम्मेद्धारी घोषणा गरेका हुन् ।

डा. रावलले चिकित्सा पेशामा हासिल गरेका अनुभव र नेतृत्व क्षमताका आधारमा संघमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आफू अघि सरेको बताएका छन्।

‘जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमिबाट आएका भए पनि बिगतमा महत्वपूर्ण योगदान पुर्‍याएका र भविष्यमा अझ ठूलो भूमिका निर्वाह गर्न सक्ने सबै चिकित्सक साथीहरूलाई टिममा जोडिन आग्रह गर्दछु,’ उनले भने।

उनका अनुसार चिकित्सक संघमा आवश्यक संरचनागत तथा नीतिगत परिवर्तन एउटै व्यक्तिको प्रयासले सम्भव छैन, त्यसका लागि साझा संकल्प र सामूहिक नेतृत्व आवश्यक छ।

भिडियो सन्देशमा उनले  नेपाल चिकित्सक संघको  निर्वाचनमा सहभागी हुनका लागि सदस्यता नलिएका सबै चिकित्सकहरूलाई आगामी मंसिर १३ भित्र अनिवार्य रूपमा सदस्यता लिनुपर्ने आवश्यकता औंल्याउँदै समयमै दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन्।

धरानस्थित बीपी कोइराला कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस, चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमएस अर्थोपेडिक्स, बंगलादेशमा एओए फेलोशिप, त्रिभुवन विश्वविद्यालयबाट एमपीए, हार्वर्ड मेडिकल स्कूलको एलआई एमएसईए समेत गरेका डा. रावल नेपाल ल क्याम्पसमा एलएलबी अध्ययनरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *