स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जलेर ध्वस्त भएका सवारी साधन हटाउन थालियो (तस्बीरहरु)

76
Shares

काठमाडौँ, २७ कात्तिक । जेनजी आन्दोलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भित्र जलेका गाडीहरु हटाउन सुरु भएको छ । भौतिक पूृर्वाधार तथा यातायात मन्त्रालयले स्वास्थ्य मन्त्रालय परिसरमा जलेका जीप तथा अन्य सवारी साधनहरु हिजोबाट हटाउन सुरु गरेको हो ।

‘हिजो एउटा जलेको गाडी हटायो, अब आज अरु बाँकी जलेका गाडीहरु हटाउँदै छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।

गत २४ भदौमा जेनजी आन्दोलनले विध्वंशात्मक रुप लिदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन, एचईओसी भवन पूर्ण रुपमा जलेको थियो ।

सोही क्रममा मन्त्रालय भित्र रहेका २२ वटा चार पांग्रे सवारी साधन तथा त्यतिकै संख्यामा मोटरसाइकल तथा स्कुटरहरु जलेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वास्थ्यबाट उठाएको जलेका सवारी साधनलाई नयाँ वानेश्वरस्थित बीआईसीसी भवन पछाडीको खाली भाग तथा साल्ड ट्रेडिङ कर्पोरेसनको खाली ठाउँमा डम्पिङ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *