एक उपाध्यक्ष र आठ सदस्य छान्न निर्वाचन गर्दै मेडिकल काउन्सिल

48
Shares

काठमाडौँ, २० कात्तिक । नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र केही सदस्य पदमा सरकारले नियुक्त गर्ने भए पनि एक उपाध्यक्ष र आठ जना सदस्य पद निर्वाचनबाट छनौट हुने व्यवस्था छ ।

सोही व्यवस्थालाई कार्यान्वयन गर्न काउन्सिलले आगामी पुसको पहिलो र दोस्रो साता निर्वाचन कार्यक्रमको घोषणा गरेको छ ।

काउन्सिलको २०८२/०८६ कार्यका लागि भन्दै घोषणा गरिएको निर्वाचन तालीका अनुसार आगामी साता अर्थात २५ कात्तिकमा पहिलो चरणको मतदाता नामावली प्रकाशन हुनेछ ।

२६ कात्तिक विहान १० देखि अपरान्ह ४ बजेसम्म नामावलीमा दावि विरोध दिने अवधी तोकिएको छ ।

२७ कात्तिकमा अन्तिम नामावली प्रकाशन, २८ देखि ३० कात्तिक विहान १० देखि अपरान्ह ४ बजेसम्म उम्मेद्धारको मनोनयन पत्र दाखिला अवधी, १ मंसिरमा उम्मेद्धारको प्रथम नामावली प्रकाशन गर्ने, २ मंसिरमा उम्मेद्धारको दावी विरोध, ३ मंसिरमा उम्मेद्धारको नामावली प्रकाशन र ४ मंसिरमा उम्मेद्धारको नामावली फिर्ता तथा अन्तिम नामावली प्रकाशनको तालीका तोकिएको छ ।

काउन्सिलले ४ र ५ पुसका दिन काठमाडाँै उपत्यका बाहिर मतदान र ११ र १२ पुसका दिन काठमाडौँ उपत्यका भित्र मतदान हुने जनाएको छ ।

निर्वाचनबाट उपाध्यक्ष र सदस्य बन्न योग्यता के ?
काउन्सिलका अनुसार उपाध्यक्ष पदका कम्तिमा १५ वर्षको अनुभव हासिल गरेको दर्तावाल चिकित्सक हुनुपर्नेछ । यस्तै सदस्य पदका लागि कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था रहेको छ । उनीहरुको पदावधी चार वर्षको तोकिएको छ ।

नेपाल मेडिकल काउन्सिलमा एक अध्यक्ष, एक जना उपाध्यक्ष र बाँकी सदस्यसहित १९ जनाको बोर्ड रहने व्यवस्था छ । त्यसमा प्रशासनिक काम गर्न छुट्टै रजिष्ट्रार रहने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *