सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास र लाठीचार्ज प्रहार

32
Shares

 

काठमाडौँ, १० कात्तिक । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढा गरेपछि अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको कात्तिक ७ गते राति मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *