एक वर्षमा स्वास्थ्य बीमा सेवा लिने लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या ६४४ जना

काठमाडौँ २४ बैशाख । लैंगिक तथा यौनिक अल्पसंख्यकले सबै अस्पतालहरुमा सहज उपचार सेवा प्राप्त गर्न कठिनाई भईरहेको बताउँदै आएका छन् । उनीहरुले स्वास्थ्य बीमा नागरिकताका कारण स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन नै समेत अफ्टेरो हुने गरेको जानकारी दिएका छन् ।

तर स्वास्थ्य बीमा बोर्डले लैंगिक तथा यौनिक अल्पसंख्यकको सानो संख्या स्वास्थ्य बीमाको सेवा लिन सफल भएको बताएको छ । बोर्डले आर्थिक वर्ष २०८०/०८१ मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ६४४ जनाले उपचार गराएको र त्यसबापत अस्पतालहरुले बोर्डसंग ११ लाख ७३ हजार ७७६ रुपैयाँ दावी गरेको छ ।

बोर्डले सोही अवधीमा स्वास्थ्य बीमाको सेवा ३९ लाख ९३ हजार ९२८ जना महिलालाई दिइएको दावी गरेको र त्यसवापत ७ अर्व ७९ करोड ३२ लाख ८२ हजार ४४८ रुपैयाँ र पुरुषको उपचार गरेको दावी संख्या २९ लाख ९३ हजार ४१९ जना र त्यसवापत ६ अर्ब १४ करोड ५४ लाख ३९ हजार ६०८ रुपैयाँ रकम सोधभर्नाका लागि आफूसंग दावी गरेको उल्लेख गरेको छ ।

गत आर्थिक वर्षको सार्वजनिक प्रतिवेदन अनुसार लिंगको आधारमा सबैभन्दा बढी विमित हुने महिला भएको कारण उपचारमा पनि ५७.१५ प्रतिशत हिस्सा भएको र सोधभर्नाका लागि दावी रकम पनि ५५.९१ प्रतिशत उनीहरुकै रहेको उल्लेख गरेको छ । यस्तै दोस्रो बढी आवद्धता पुरुषको भएको र रोगको उपचार भएको दावी भएको संख्या ४२.८४ प्रतिशत र दावी रकम ४४.०९ प्रतिशत भएको उल्लेख गरेको छ । यी दुईको तुलनामा लैंगिक तथा यौनिक अल्पसंख्यकको दावी संख्या भने एक प्रतिशत पनि छैन । बोर्डका अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यकको दावी संख्या र दावी रकम ०.०१ प्रतिशत मात्रै रहेको छ ।

बोर्डले औषतमा प्रतिदावीको दावी रकम हेर्दा पुरुषको औषत दावी रकम अन्यको तुलनामा धेरै रहेको बताएको छ । जसमा प्रमुख कारण मुटु, मिर्गौला, क्यान्सर, स्पाइन इन्जुरी जस्तो रोगहरुको समस्या बढी भएको उल्लेख गरेको छ ।

लैंगिक तथा यौनिक अल्पसंख्यकका अभियन्ताहरु आफ्नो समुदायले सामाजिक परिवेशका कारण बाहिर खुलेर आउन नसक्न, पहिचानको आधारमा आफूलाई प्रस्तुत गर्न नसक्ने समस्याबाट गुज्रिरहेको र स्वास्थ्य संस्थामा जाँदा समेत छुट्टै तनाव बेहोर्नु पर्ने बताउँछन् । यौनिक तथा लैंगिक अल्पसंंख्यक अभियन्ता पिटर भन्छिन्, हाम्रो समुदायलाई हेर्ने नजर नै अझै पनि गलत छ । अस्पतालमा जाँदा महिला पुरुष के हो भनेर गिज्जाउने देखि, रयागिङ गर्ने सम्मको अवस्था हुने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट पनि यो समुदाय देख्ने वित्तिकै स्वभाविक दृष्टिले नहेर्ने गरेको बताईन् ।

त्यसो त विसं २०७८ मा गरिएको जनगणनामा पहिलो पटक महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिएको थियो। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको संख्या २ हजार ९२८ जना रहेको भेटिएको थियो । जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो ।

तर अभियानकर्मीहरू भने नेपालमा अहिलेसम्म यस्तो समुदायमा व्यक्तिहरुको संख्या ६ देखि सात ७ लाखसम्म भएको हुनसक्ने ठान्छन् ।

यीमध्ये लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकभित्र विविधताभएका मानिसहरू छन्। त्यस्ता फरक फरक पहिचान भएकाहरूलाई अङ्ग्रेजीमा लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स र क्विअर भन्ने गरिन्छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *