हौसला बढाउन भन्दै क्लोज क्याम्पमा रहेका महिला फुटवल खेलाडीलाई भेट्न पुगे स्वास्थ्य मन्त्री पौडेल

भने, 'स्वास्थ्यमा समस्या परेमा निशुल्क उपचार हुनेछ'
172
Shares

काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।

खेलाडीहरुको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरुलाई धन्यवाद पनि दिए ।

मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरु र खेलाडी सामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिए । ‘तपाईंहरु उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौं ।’

खेलाडिहरुको हौसला बढाउँदै उहाँले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडीहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *