एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी साउथ एशिया मिडिया वर्कशप सम्पन्न

168
Shares

काठमाडौँ, २५ साउन । एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी साउथ एशिया रिजनल मिडिया वर्कशप बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।

हेल्थ टिभी अनलाइनको आयोजनामा भएको कार्यक्रममा ग्लोबल एएमआर मिडिया अलायन्स (गामा), सीएनएस, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थय अनुसन्धान परिषद् लगायतका संस्थाहरुले सहकार्य गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले एएमआर अहिलेको प्रमुख जनस्वास्थ्य समस्या मध्ये एक रहेको भन्दै यसकाबारेमा सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भइसकेको बताए ।

यसैगरी कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले एन्टीबायोटिकको जथाभावी प्रयोग गर्दा हुने हानीकाबारेमा मिडियाले अझ बढी कलम चलाउनपर्ने बेला भएको बताइन् । उनले मिडियाले नागरिक र एन्टीबायोटिक प्रेस्क्राइब गर्ने चिकित्सकलाई पनि प्रश्न गर्नपर्नेमा जोड दिइन ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले एन्टीमाइक्रोबियल अहिले १० जनस्वास्थ्य थ्रेटमध्ये एक रहेको भन्दै यसमा सबै मिलेर काम गर्नपर्ने बताए ।

ग्लोबल एएमआर मिडिया अलायन्सकी चेअरपर्सन शोभा शुक्लाले एन्टीबायोटिकको जथाभावी प्रयोगले निको हुने रोगहरु पनि समय लाग्ने र जटिल हुँदै गएको बताउँदै यसकाबारेमा धेरै नै छलफल गर्न आवश्यक भइसकेको जिकीर गरिन ।

कार्यक्रममा हेल्थ टिभी अनलाइनकी सम्पादक तथा साउथ एशिया रिजनल मिडिया वर्कशप टु प्रिभेन्ट एएमआरकी अर्गनाइजिङ चेअरपर्सन कल्पना आचार्यले एन्टीबायोटिकको जथाभावी प्रयोगकाबारेमा समाचार, लेख मिडियामा कम आउने गरेको र मिडियालाई पनि प्राविधिक विषय भएकाले एएमआरका बारेमा धेरै ज्ञान नभएको जिकीर गर्दै एएमआरकाबारेमा सरकारले प्राथमिकताकासाथ संचारकर्मीमाझ छलफल र अन्तरक्रिया चलाउन पर्नेमा जोड दिइन ।

यसैगरी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा सम्झना काफ्ले, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशी, एपोनका अध्यक्ष महेश प्रधान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवद्धय डा टंक बाराकोटी, विकास देवकोटा,कृषि तथा पशुपंक्षी विभागका महानिर्देशक डा उमेश दाहाल, फार्मेशी काउन्सिलका अध्यक्ष प्रज्ववल जंग पाण्डे, अनुसन्धानकर्ता डा समीर मणी दिक्षित, लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा एन्टीमाक्रोबियल सम्बन्धी जोडिएका विविध विषयमा विज्ञहरुद्धारा प्रस्तुतीकरण समेत रहेको थियो भने एएमआरलाई कम गर्न मिडियाको कस्तो भूमिका हुनसक्छ भन्ने विषयमा संचारकर्मीमाझ छुट्टै प्यानल छलफल समेत भएको थियो ।  छलफलमा स्वास्थ्य पत्रकारहरु पत्रकारहरु  रामप्रसाद न्यौपाने, अतुल मिश्र, भगवती तिमिल्सिना, सरोज ढुंगेल, , डीबी खड्का लगायतले आफ्ना रिपोटिङका चुनौति सहितका अनुभव सुनाएका थिए।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *