सत्तारुढ गठबन्धनले सार्वजनिक गर्‍यो न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प, स्वास्थ्यका के के समेटिए ?

216
Shares

काठमाडौँ, ६ चैत । सत्ता साझेदार पाँच राजनीतिक दलले बनाएको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता साझेदार पाँच राजनीतिक दलका तर्फबाट न्यूनतम साझा सङ्कल्प प्रस्तुत गरेका हुन् ।

साझा सङ्कल्पमा स्वास्थ्य तर्फ सबै जनतालाई निरोगी रहने उपायबारे सचेतना अभिबृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुरयाउने, दायरा बढाउँदै किफायी स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य उपचार सहज बनाउने कुरा उल्लेख छ ।

यस्तै सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राविधिकरण (नेशनल अक्रिडिटेसन अथोरिटी) रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधि नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख छ ।

यो साझा संङ्कल्प नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका तर्फबाट जारी भएको हो ।

हेर्नुहोस् न्यूनतम साझा सङ्कल्प

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *