नवनियुक्त स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरे पदभार ग्रहण

140
Shares

काठमाडौँ, २७ फागुन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर मन्त्री यादवले पदभार ग्रहण गरेका  हुन् ।

पदभार ग्रहणसंगै उनले स्वास्थ्य सेवा ऐनका सन्दर्भमा गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने  निर्णय गरेका छन्।

उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो पहिलो दायित्व रहेको बताए ।

यस्तै संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन छिटोछरितो बनाउन आवश्यक निर्देशन दिने लगायतका निर्णय गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *