स्वास्थ्य मन्त्रालयका कानून उपसचिव श्रेष्ठ जिल्ला न्यायाधीशमा सिफारिस

काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव श्यामप्रसाद श्रेष्ठ रुपन्देहीको जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् । मंगलबार न्याय परिषदले ३७ जना न्यायाधीशको पदस्थापन गर्ने क्रममा श्रेष्ठलाई रुपन्देहीको जिल्ला न्यायाधीशमा पठाइएको हो ।

श्रेष्ठ गत असारको अन्तिम साता कृषि मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएका थिए । श्रेष्ठ आउनु भन्दा अघि स्वास्थ्यमा रहेका कानून उपसचिव रेश राज शर्मा पनि जिल्ला न्यायाधीश बनेका छन् ।

हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कानुन अधिकृतको जिम्मेवारीमा रहेका उनी ८ औं नम्बरमा जिल्ला न्यायाधीश नियुक्त भएका हुन् । शर्माको मोरङ जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।

न्याय सेवा आयोगले प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेका २८ सहित ३७ जिल्ला न्यायाधीशको नियुक्ति र पदस्थापन गरेको छ ।

मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशको रिक्त पदमा उत्तीर्ण पारसमणि पोखरेलसमेत ३७ जनाको नियुक्ति र पदस्थापन गरेको हो ।

श्रेष्ठले रुपन्देही जिल्ला न्यायाधीशको रुपमा आफूले नयाँ जिम्मेवारी प्राप्त गरेको भन्दै दुई चार दिन पछि नयाँ जिम्मेवारी सम्हाल्ने तयारी भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *