नेपालमा २४ हजार भन्दा बढीमा डेंगु संक्रमण पुष्टि

काठमाडौँ, २१ भदौ । नेपालमा २४ हजार भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
पछिल्लो आठ महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ । डेंगु संक्रमण देशका ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा १३ हजार ५२६ जनामा पुष्टि भएको छ ।
त्यस्तै मोरङमा २ दुई हजार २५४ जनामा, धादिङमा २ हजार १९७ जनामा, झापामा १ हजार ३६२ जनामा, काठमाडौंँमा ४५२ जनामा, धनकुटामा ३७३ जनामा, सङ्खुवासभामा ३३४ जनामा, धनुसामा ३३१ जनामा, कास्कीमा २७० जनामा र कैलालीमा २४२ जनामा संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा मात्रै १८ हजार ३१९ जनामा
बाग्मती प्रदेशमा ३ हजार ३१६ जनामा
गण्डकी प्रदेशमा ७०६ जनामा
सुदूरपञ्चिम प्रदेशमा ६९२ जनामा
मधेश प्रदेशमा ५२१ जनामा
लुम्बिनी प्रदेशमा ४०९ जनामा
कर्णाली प्रदेशमा ४९ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सम्पर्क इमेल : [email protected]