कामनपा – १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ, २१ भदौ । काठमाडौं महानगरपालिका-१६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। ग्राण्डी अस्पतालमा उपचारमा रहेका रिजालको आज विहान साढे ७ बजे निधन भएको हो ।

अस्पतालले भारल निमोनियापछि गम्भीर अवस्थामा पुगेका रिजालको एआरडीएस भई रिफ्राक्टरी सेप्टिक सक भई निधन भएको बताएको छ ।

‘रगतमा रहेको प्लेटलेट्सको संख्या निकै कम भएपछि डेंगुको शंका गरिएको थियो। तर रगत परीक्षणका क्रममा डेंगु देखिएको थिएन,’ अस्पतालका एक चिकित्सकले भने ।

नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रीय सभापति समेत रहेका रिजाल गत आइतबार ग्राण्डी अस्पताल भर्ना भएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *