पेप्सीकोला-काँडाघारी सडकखण्डमा ४ वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते
काठमाडौँ, १७ भदौ । काठमाडौँको पेप्सीकोला-काँडाघारी सडकखण्डमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्।
आइतबार बिहान साढे ७ बजे काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा १४ जना घाइते भएका हुन् ।
जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।
त्यसपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो।
दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ।
बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्पर्क इमेल : [email protected]