डेंगु संक्रमणबाट ४२ दिनकी सुत्केरीको मृत्यु

Dengu

काठमाडौँ, १३ भदौ । डेंगु संक्रमणका कारण उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको मृत्यु भएको छ ।

रौतामाई गाउँपालिकाका अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन् ।

गाउँपालिकाका अनुसार सुमित्रालाई डेंगुु संक्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराएको र जिल्ला अस्पताल उदयपुरले अन्यत्र रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेर उपचार भइरहेको थियो ।

उपचारका क्रममा नै सोमबार सुमित्राको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको बताइएको छ । मृतक सुमित्राको ४२ दिनको शिशु रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै १ हजारको संख्यामा डेंगुबाट संक्रमित भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *