डेंगु उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्छ : सांसद कार्की
काठमाडौँ, १२ भदौ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावह रूपमा फैलिएको डेंगु सक्रमणको उपचारको अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकार सचेत भएर लाग्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
डेंगु रोगबाट गृह जिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना सङ्क्रमित भएको पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै उनले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]