एक साता देखि हराएका औषधि व्यवसायी ढकालको कुशको शब बनाई अन्त्येष्टि गरिदै
रुपन्देही । एक साता देखि सम्पर्क विहीन भएका बुटवलका औषधि व्यवसायी गंगा ढकालको मृत्यु भएको निस्कर्षका साथ परिवारले अन्त्येष्टि गर्ने भएको छ । कुशको शव बनाएर दाहसंस्कार गर्ने तयारी भएको हो ।
‘अब मलाई नखोज्नु’ भनी सन्देश छाडेर गत गत शनिबार देखि सम्पर्क बिहीन भएका ५३ वर्षीय ढकाल गत आइतबार चितवनको नारायणगढ पुलबाट नारायणी नदीमा हाम फाली बेपत्ता भएको थिए।
उनले २०६३ सालदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि व्यवसाय गर्दै आएका थिए।
बुटवलबाट गत शनिबार हिडेका ढकाल चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी आइतबार पुलबाट हामफालेको प्रत्यक्षदर्शीले देखेको बुटवलका औषधि व्यवसायी बाबुराम भट्टराईले बताए ।
‘होटलमा बसी हाफ पाइन्ट सहितका कपडा घर पठाएका रहेछन् । अर्को दिन नदिमा हाम फालेको पनि पुष्टि भयो । बढेको नदिमा शव खोजी गर्दा भेटिएन । त्यसैले देवघाटमा हिन्दु परम्परा अनुसार कुशको शव बनाई उनको अन्त्येष्टि गर्न जाँदैछौँ,’ भट्टराईले भने ।
ढकाल आइतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो। तर पनि भेट्टाउन भने सकेन।
२ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ।
ढकालले बुटबलको मैत्रीपथमा ओखती घर सञ्चालन गर्दै आएका थिए ।
सम्पर्क इमेल : [email protected]