फार्मेसी परिषद्को २३ औँ नाम दर्ता परीक्षा २३ र ३० भदौमा हुने
काठमाडौँ, ८ भदौ । नेपाल फार्मेसी परिषद्को २३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी भदौको तेस्रो र चौथो साता हुने भएको छ ।
परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेका अनुसार गत १४ साउनमा बसेको बैठकको निर्णय अनुसार फर्मासिस्टको परीक्षा आगामी २३ भदौमा र फार्मेसी सहायकको परीक्षा ३० भदौमा हुने निर्णय भएको हो ।
परिषद्ले यसपटक परीक्षामा कुनै पनि व्यक्ति वा संस्थाले सहयोग गर्ने, उत्तीर्ण गराईदिने जस्ता प्रलोभन दिन सक्ने भन्दै यस्तो भ्रममा नपर्न समेत अनुरोध गरेको छ ।
यसअघि नर्सिङ परिषद्ले लिएको ३३ औँ नाम दर्ता परीक्षामा प्रश्नपत्र आउट भएको थियो । फार्मेसी परिषद्ले त्यस्तो नहोस भनेर पहिल्यै सचेत गराएको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]