चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तरगर्तका निकायका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत

काठमाडौँ, ७ भदौ । चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

सुर्खेत जिल्ला साविक अवलचिङ्ग गाविस वडा नं. ४क को ९ रोपनी जग्गा चिङ्गाड गाउँपालिका वडा न ५ मा निर्माण हुने १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ चिङ्गाड गाउँपालिकालाई उपयोग गर्न स्वीकृति पनि निर्णय भएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *