यस वर्षको साहित्य सन्ध्या कृबा पुरस्कार बरिष्ठ स्नायु तथा नशा रोग विशेषज्ञ डा बसन्त पन्तलाई
काठमाडौँ, २ भदौ । यसवर्षको साहित्य सन्ध्या कृबा पुरस्कार बरिष्ठ स्नायु तथा नशा रोग विशेषज्ञ डा बसन्त पन्तलाई प्रदान गरिएको छ । शनिबार राजधानीमा आयोजित विशेष समारोहमा डा पन्तलाई सो पुरस्कार प्रदान गरिएको हो ।
साहित्य क्षेत्रमा विविध गतिविधि गर्ने उदेश्यले ४० वर्ष अघि स्थापित साहित्य सन्ध्याले २०७४ साल देखि चिकित्सा क्षेत्रमा उत्कृष्ठ योगदान दिने व्यक्तित्वलाई समेत सम्मान गर्न थालेको थियो ।
नेपालको चिकित्सा क्षेत्रमा उनले पुरयाएको योगदानलाई सम्मान गर्दै यसवर्ष उनलाई पुरस्कृत गरिएको साहित्य सन्ध्याले उल्लेख गरेको छ ।
साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट स्थापना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बनेका सांसद रघु जी पन्तको हातबाट पुरस्कार ग्रहण गरेपछि डा पन्तले जिम्मेवारी थपिएको बताए ।
उनले आम नेपाली दाजुभाई दिदी बहिनीको स्वास्थ्यका लागि आफू थप जिम्मेवार ढंगले लाग्ने समेत बताए ।
सम्पर्क इमेल : [email protected]