अस्पतालबाट डिस्चार्ज भए सांसद भण्डारी

काठमाडौँ, १ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन्। हातको शल्यक्रिया (ह्यान्ड सर्जरी) सफलतापूर्वक सम्पन्न भएपछि उनी शुक्रबार डिस्चार्ज भएका हुन्।

उनी गत बुधबार फलोअप तथा उपचारका लागि पुन: अस्पताल भर्ना भएको बताएका थिए ।

गत ३ फागुनमा घरकै भान्सा कोठामा ग्याँस लिक हुँदा भएको आगलागीमा परेका उनको जलनसम्बन्धी उपचारका क्रममा हात तथा औंलाको पूर्ण लाभका लागि शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार प्राडा विडी झा नेतृत्वको ११ सदस्यीय टोलीले भण्डारीको हातको शल्यक्रिया गरेको थियो।

गत ३ फागुनमा घरकै भान्सा कोठामा ग्याँस लिक हुँदा भएको आगलागीमा आफ्नो आमासंगै गम्भीर घाइते भएका भण्डारीको सुरुको उपचार कीर्तिपुरमै भएको थियो ।

उनकी आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

तर अर्को दिन उनलाई थप उपचारका लागि चिकित्सकीय टोली सहित एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लगिएको थियो। त्यहाँ उपचार गराएर १७ बैशाखमा उनी स्वदेश फर्किएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *