नेपालमा १४ हजारभन्दा बढीमा डेंगु संक्रमण, १० को मृत्यु

Dengu

काठमाडौँ, ३२ साउन । नेपालमा १४ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा का अनुसार गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ पुगेको छ । जसमध्ये हालसम्म १० जनाको मृत्यु भएको छ ।

महाशाखाका अनुसार हालसम्म डेंगी सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ । सबै भन्दा धेरै सुनसरीमा डेंगुबाट सङ्क्रमित भएका छन्। सुनसरीमा ७ हजार ४४९ जनामा सङ्क्रमण पुष्टि हुँदा मोरङमा १ हजार ६७६ जनामा पुष्टि भएको छ ।

यस्तै, धादिङ जिल्लामा १ हजार ३२० जनामा, कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौँमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ ।

यस्तै, सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा सङ्क्रमण पुष्टि भएको छ । यस प्रदेशमा १० हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि बागमती प्रदेशमा २ हजार ९ जनामा पुष्टि हुँदा गण्डकी प्रदेशमा ६०३ जनामा पुष्टि भएको छ । यस्तै क्रमशः सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ ।

सरकारले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *