वैशाख १ देखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने
काठमाडौँ, २८ साउन । सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु)अब प्लास्टिकको खोलमा प्याकिङ र बिक्री गर्न नपाइने भएको छ ।
आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु जैविक रूपमा सडेर जाने बस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
माथि उल्लेखित बस्तु पैठारी गर्ने इजाजतवालालाई सो नियम बमोजिमको तयारी थाल्न विभागले जनाएको छ । वैशाखदेखि यो नियम लागू हुने भएकोले सोही अनुसार तयारी थाल्न इजाजतवाला निकायलाई आग्रह गरेको छ ।
सम्पर्क इमेल : [email protected]