चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग
काठमाडौँ, २६ साउन । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको चार वर्षे कार्यकाल सकिनै लाग्दा आयोगले उक्त आवेदन माग गरेको हो ।
गत १६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा नाम सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो ।
उपाध्यक्ष प्राडा गिरीको चार वर्षे कार्यकाल आगामी २६ भदौमा सकिदैछ ।
समितले आयोग ऐन अनुसार उपाध्यक्ष सिफारिसका लागि आवेदन माग गरेको हो। आवेदकलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]