प्रश्नपत्र आउट भएर रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा आज प्रकाशित हुने

काठमाडौँ, २० साउन । नेपाल नर्सिङ परिषद्ले चार साता अघि प्रश्नपत्र आउट भएर रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । शुक्रबार (हिजो) बसेको परिषद्को बोर्ड बैठकले शनिबार (आज) नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

परिषद्का अध्यक्ष प्राध्यापक सरला केसीले गत २३ असारमा भएको ३३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा आज प्रकाशित हुने बताईन् । उनले परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षार्थीहरुको नतिजा भने रोकिने संकेत गरिन् ।

गत २३ असारमा भएको नर्सिङ नाम दर्ता परीक्षामा सिद्धार्थ बनस्थली परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको थियो । प्रश्न पत्र आउट गरेको अभियोगमा त्यसबेला तीन जना परीक्षार्थी पक्राउ परेका थिए । सो घटनाको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले २६ दिन लगाएर गरेको अनुसन्धानबाट थप ९ जना परीक्षार्थीलाई समेत दोशी ठहर गरेको छ । यस अनुसार अब कुल १२ जना परीक्षार्थीको नतिजा रोकिने सम्भावना देखिएको छ ।

सो परीक्षामा कुल ६ हजार १० जना परीक्षार्थी सहभागी थिए । परीक्षा दिएर झण्डै सकिने बेलामा प्रश्न पत्र आउट भएको पत्ता लागेको थियो ।

परीक्षामा अमर्यादित कार्य गरेको कसरी थाहा भयो ?

गर्मी मौसम भएपनि सिद्धार्थ बनस्थली केन्द्रमा परीक्षा दिईरहेकी एक जना विद्यार्थी पोशाक अलि भिन्न थियो । पुरै शरीर ढाक्ने गरी लामबाउले कपडा लाएर आएकी थिईन् । परीक्षा सुरु भएको एक घण्टापछि उनी शौचालय गईन तर आउन निकै बेर गरिन् । उनी आइसकेको केही समयमा परीक्षाको निर्धारित समय सकियो ।

सबैले कापी बुझाए तर एक छिन एक छिन भनेर अटेरी गरिन् । गार्ड बसेका शिक्षकलाई शंका लाग्यो । उनले एक छिन ति परीक्षार्थीको गतिविधि निहाले उनको वाउलामो टाँक नलगाएकी उनले कपडा पाखुरातिर सुर्किने र छोप्ने र लेख्ने गर्न थालिन । शंका लागेपछि गार्ड नजिकै गएर हातको नाडी हेर्न खोजे । उनको दुबै हातको पाखुरा तथा खुट्टामा सबै प्रश्नको उत्तर लेखिएको भेटियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर केरकार गरियो ।

बनाना – २, फोन एक्स र श्रीया नाममा खोलिएको भाइवर ग्रुपमा प्रश्नपत्र पठाएको पाइयो । विहान ९ बजेबाट प्रश्नपत्र बाँढेर सुरु भएको थियो परीक्षा । तर ९ बजेर ८ मिनेटमा नै उनको मोवाइलबाट प्रश्नपत्र बाहिरिएको थियो ।

उनले मात्रै होइन अरु दुई जनाबाट पनि प्रश्नपत्र गएको देखियो । प्रश्नपत्र गएको मात्रै होइन हल गरेर आएको पनि देखियो । त्यसपछि प्रत्यक्ष सम्लग्न देखिएका उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको हो ।

स्रोतका अनुसार बागमती कलेज केन्द्रबाट पनि एक जनाले सो ग्रुपमा प्रश्नपत्र हालेको भेटिएको थियो । उता लिटिल एन्जल्स परीक्षाकेन्द्रमा सहभागी एक परीक्षार्थीले भाइवर ग्रुपमा उपलव्ध उत्तर पाइन्टमा लेखेर ल्याएको भए पनि समय सकिएका कारण कापीमा सार्न नभ्याएको बताइएको छ ।

उत्तर लेख्ने ४ जना र ग्रुपमा हेर्ने झण्डै ४००
घटना पछि परिषद्को आफ्नो प्राविधिकबाट गराएको जाँचमा ग्रुपमा सेयर भएको प्रश्नको उत्तर लेख्ने चार जना भएको खुलेको छ । उत्तर लेखेर उनीहरुले बनाना२, फोन एक्स र श्रीया नामको भाइबर ग्रुपमा हालेका थिए ।

सो उत्तर ४०० जतिले सिन गरेको देखिएको थियो । तर केश प्रहरीकोमा पुगेपछि तत्कालै ग्रुप छाड्ने बढे । र अहिले ती ग्रुपहरुमा कुनै विवरण देख्न सकिदैन ।

परीक्षा हलमा जाँदा मोवाइल लगेको नलगेको कुनै जाँच हुँदैनथ्यो
नर्सिङ लाइसेन्स परीक्षाको प्रवेश पत्रमा परीक्षामा लैजान नपाइने बस्तुहरुको सूचीमा मोवाइल थियो नै तर परीक्षा हलमा ती सामानहरु लगेको नलेको भनेर कुनै चेकजाँच हुदैनथ्यो । लान पाइदैन भन्ने थियो, त्यहाँ न पकेट झोला छामिन्थ्यो न त मेटल डिटेक्टर नै राखिथ्यो । शरीर खानतलासी गर्ने कुरा पनि हुँदैनथ्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *