चिकित्सक संघलाई भाडा नबुझाई एक ब्यापारी बेपत्ता भएपछि…..
काठमाडौँ, १८ साउन । प्रदर्शनीमार्गमा सरकारी अनुदानबाट बहुतले अत्याधुनिक भवन बनाएको नेपाल चिकित्सक संघ (एनएमए)ले पछिललो केही वर्ष देखि भुई तल्ला सहितका केही तल्ला व्यापारिक प्रयोजनका लागि भाडामा लगाउँदै आएको छ । यसबाट उसले मनग्य आम्दानी समेत गर्दै आएको छ ।
तर, पछिल्लो केही महिना देखि भने उसलाई एक भाडावालले तनाव दिएको छ । भुई तल्लामा सटर भाडामा लिई पसल सञ्चालन गर्दै आएका रामेछापका दीपेन्द्र भण्डारीले पछिल्लो नौ महिना देखि न पसल खोलेका छन्, न त भाडा नै दिएका छन् । गत कात्तिक देखि उनी सटर बन्द गरी सम्पर्क विहीन भएका छन् ।
लामो समय देखि सटर बन्द भएको र भाडाको समेत अत्तोपत्तो नभएपछि एनएमएले खोजी सुरु गरेको छ । उसले आज वेपत्ता भएका उनै भण्डारीलाई सार्वजनिक सूचना जारी गर्दै ३५ दिन भित्र कार्यालयमा उपस्थित भई घरभाडा र साँचो हस्तान्तरण गर्न अनुरोध गरेको छ ।
यतिका महिना सम्पर्कविहीन भएका भण्डारी ३५ दिन भित्र आएर भाडा बुझाउने र साँचो दिने गर्लान त त्यो भने हेर्न बाँकी छ ।
सम्पर्क इमेल : [email protected]