नेपाल प्रहरीका १४ जना डाक्टर डिएसपीमा बढुवा
काठमाडौँ, ५ साउन । नेपाल प्रहरीका १४ जना डाक्टर प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन् । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह स्वास्थ्य उप समूह चिकित्सक तर्फ रिक्त रहेको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न बिहीबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई डिएसपीमा बढुवा गरेको हो ।
यसरी बढुवा हुनेहरुमा डा रमा विष्ट, डा रुजु केसी, डा श्रीविन्दु शर्मा, डा उमेशकृष्ण कुबर, डा रञ्जना यादव रहेका छन् ।
यस्तै डा ज्ञानेन्द्र चौधरी, डा श्यामकृष्ण लौडारी, डा नारायणप्रसाद अधिकारी, डा प्रयास बिडारी पनि डिएसपीमा बढुवा भएका हुन् ।
यसैगरी डा सीता पौडेल, डा राजन सुवेदी, डा सन्देश लामिछाने, डा आशिष मोहन भट्टराई र डा पुनम पाठक पनि डीएसपीमा बढुवा भएका छन् ।
यसअघि बढुवा हुनेहरु सबै महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको विभिन्न विभागमा रहने छन् ।
सम्पर्क इमेल : [email protected]