तयारी मालबस्तु सन्दर्भमा भन्सार विभागले दिएको नयाँ निर्देशन प्रति वीरगञ्जका औषधि व्यावसायी असन्तुष्ठ

काठमाडौँ, ३१ असार । आगामी १ साउन (भोलि) देखि पैठारी हुने तयारी मालबस्तु सन्दर्भमा भन्सार विभागले दिएको नयाँ निर्देशन प्रति वीरगञ्जका औषधि व्यावसायी असन्तुष्ठ देखिएका छन् । उनीहरुले औषधि तथा औषधिजन्य सामग्रीमा यो नियम लागू हुन नसक्ने ठोकुवा गरेका छन् ।

भन्सार विभागले व्यापारिक संस्थाहरुलाई गत ६ असारमा लेखेको पत्रमा आर्थिक विधेयक २०८० को भन्सार अनुसूची १ को दफा ८ को उपदफा (१), (२), (३) र (४)को व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न केही व्यवस्था परिवर्तन गरिएको उल्लेख छ ।

सो नयाँ व्यवस्थामा १ साउन देखि पैठारी हुने तयारी माल बस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि त्यस्ता माल बस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पुरा विवरण भएको लेभल लगाएर मात्रै पठाउन पाइने भनिएको छ । विभागले त्यसरी लेभल नगरी बजारमा विक्री वितरणको लागि पठाइएको पाइएमा अनुगमन गर्ने अधिकारीहरुले त्यस्ता मालवस्तु जफत गर्न सक्नेछ ।

नेपाल औषधि व्यावसायी संघ प्रादेशिक कार्यलय वीरगञ्जका महासचिव पप्पुकमार झाले नयाँ नियम औषधि र औषधिजन्य सामग्रीमा लागू हुन सम्भव नभएको भन्दै यसलाई फिर्ता लिन आग्रह गरेका छन् । उनले भन्सार विभागले दिएको निर्देशन प्रति विभिन्न पाँच बुँदामा जवाफ दिदै यसको कार्यान्वयन असम्भव भएको बताएका हुन् ।

उनले भनेका छन औषधि अतिआवश्यक बस्तु भएको हुनाले अभाव नहोस भनेर पूर्व सूचना दिएको समेत जानकारी गराएका छन् । औषधि व्यवस्था विभाग वीरगञ्जलाई लेखिएको पत्रमा औषधि व्यवस्था विभाग काठमाडौँलाई बोदार्थ दिइएको छ ।
किन लागू हुन सक्दैन ?
महासचिव झाले नयाँ नियम लागू हुन नसक्ने पाँच कारण दिएका छन् । ती कारणहरु यसप्रकार छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *