स्थानीय तहले फिर्ता गर्ने स्वास्थ्यकर्मीहरुलाई मन्त्रालयले नलिने, समायोजन भएकै ठाउँमा जानुपर्ने

25.2k
Shares

काठमाडौँ, २४ असार । केही दिन अघि धनगढीमा बसेको कैलाली र कञ्नचनपुरका स्थानीय तहका जनप्रतिनिधिरुको बैठकले दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीलाई संघीय स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

सरकारले दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मीलाई तलव सुविधा नदिने बताएपछि स्थानीय तहले पनि आफूसंग त्यो क्षमता नभएको भन्दै कर्मचारी (स्वास्थ्यकर्मी) फिर्ता गर्ने बताएको हो ।

यसले समायोजन भई स्थानीय तहमा पुगेका, काज तथा विशेष सिफारिस मिलाई गएका स्वास्थ्यकर्मीहरुलाई समस्यामा पारेको छ । तर स्वास्थ्य मन्त्रालयले आफू पूर्व घोषित अडानमै रहने बताएको छ ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले दरबन्दी बढी भएका कर्मचारीलाई तलव दिने अवस्था नरहेको बताईन् । ‘स्थानीय तहले कर्मचारीहरुलार्य संघीय मन्त्रालयमा नै पठाउने निर्णय गर्न थाले नि कसरी व्यवस्थापन मिलाउनु हुन्छ ?’ भन्ने प्रश्नमा उनले मन्त्रालयमा फिर्ता नहुने बताईन् ।

‘अब दरबन्दी बढी भएको ठाउँमा काम गर्न साच्चिकै अफ्टेरो छ, त्यसैले स्वास्थ्यकर्मीहरुलाई पहिले जहाँ समायोजन भएर गएको हो त्यहि नै फर्किएर काम गर्नुपर्ने अवस्था भयो,’ उनले भनिन् ।

‘कतिपय स्थानीय तहले करारका कर्मचारी भर्ना गरी सेवा लिइरहेको भन्दै त्यहाँ नराख्न पनि त सक्लान नि ?’ भन्ने प्रश्नमा उनले स्थानीय तहले अब करारका कर्मचारीहरु छन् भने पनि उनीहरुको करार रद्ध गरेर भए पनि सरकारी कर्मचारीहरुको व्यवस्थापन गर्नु पर्ने बताईन् ।

यस सम्वन्धमा स्वास्थ्यले केही दिनमै विस्तृत सूचना जारी गर्ने तयारी गरेको छ ।

दरवन्दी बढी भएका कर्मचारीको तलव जिम्मा आफूले नलिने भन्दै केहि साता अघि स्वास्थ्यले सबै स्थानीय तहलाई पत्र पठाइसकेको छ । यो पत्र पछि स्वास्थ्यका क्रियाशील पेशागत संगठनहरु विरोधमा उत्रिदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *