नर्सिङ लाइसेन्स परीक्षामा प्रश्न पत्र आउट प्रकरण : पुन: परीक्षा दिनु पर्ने कि नपर्ने ?

काठमाडौँ, २४ असार ।  परीक्षा चलिरहेका बेला प्रश्न पत्र बाहिरिएपछि नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको ३३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गर्न सकेन । काउन्सिलले विशेष कारण भन्दै परीक्षा स्थगित गरेको जनाएको छ ।

काउन्सिलका अधिकारीहरुले परीक्षा पुन: लिने वा परीक्षाफल प्रकाशित गर्ने भन्ने समेत निर्णय लिन सकेका छैनन् ।

‘प्रश्न पत्र आउट भयो । प्रहरीको साइबर व्युरोले यसको अध्ययन गरिरहेको छ । हामीले भेटिएका प्रमाणसहितको उजुरी दिएका छौँ,’ काउन्सिल अध्यक्ष सरला केसीले भनिन् । उनले प्रहरीको छानवीनपछि आउने रिपोर्टले परीक्षा लिने वा के गर्ने भन्ने विषयमा निर्णय हुने बताईन् ।

हिजो विहान भएको लाइसेन्स परीक्षामा सिद्धार्थ बनस्थली मावि परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिरिएको थियो । प्रहरील प्रश्नपत्र लिक गरेको आरोपामा कास्की लेखनाथकी २० वर्षीया समीक्षा थापा, धादिङ त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आले र कास्की लेखनाथकै २० वर्षीया भावना गुरुङलाई पक्राउ गरेको छ । उनीहरुले प्रश्न पत्र भेटाउने वित्तिकै फेसबुक म्यासेन्जर ग्रुपमा हालेका थिए । सो प्रश्नपत्र ४०० बढी जनाले म्याजेन्सर गु्रपमा सिन भएको देखिएको अध्यक्ष केसीले बताईन् ।

लिटिल एन्जल्स ललितपुर र बागमती कलेज परीक्षाकेन्द्रबाट पनि बाहिरिएको थियो प्रश्नपत्र
अध्यक्ष केसीले बनस्थलिबाट मात्रै नभई लिटिल एन्जल्स ललितपुर र बागमती कलेज काठमाडौँ परीक्षाकेन्द्रबाट पनि परीक्षार्थीले प्रश्न पत्र बाहिर पठाएको पाइएको बताईन् । उनले के कसरी यो भयो भन्ने बारेमा प्रहरीले छानवीन अगाडी बढाएको जानकारी दिईन् ।

लाइसेन्स परीक्षामा हल भित्र मोवाइल लैजान निषेध छ । तर विद्यार्थीहरुले मोवाइलबाट फोटो खिचि पठाउनुले परीक्षा प्रणालीमा समेत गंम्भीर आशंका पैदा भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *