स्टार हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता

ललितपुर, २० असार । सानेपास्थित स्टार हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता भएको छ । बुधबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीचमा उपचार सेवा आदान प्रदानका विषयमा सम्झौँता भएको हो ।

सम्झौता पत्रमा स्टार हस्पिटलका तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर हस्ताक्षर गरेका छन् ।

स्टार अस्पतालका सीओओ डा सन्देश जिसीले सम्झौताअनुसार स्टार हस्पिटलले नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका आश्रित सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट दिने र स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरुमा सहकार्य गर्नेछ ।

हस्ताक्षर समारोहमा कार्यकारी अध्यक्ष महर्जनले अस्पतालले विभिन्न सेवा सुविधाका सम्बन्धमा जानकारी गराउँदै भविष्यका योजनाहरुका बारेमा प्रकाश पारेका थिए । नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कुँवरले स्टार हस्पिटलसँग सहकार्य गर्न पाउनु अत्यन्त उपलब्धीपूर्ण रहेको र यसको पूर्ण कार्यन्वयनमा जोड दिइन् ।

सो अवसरमा हस्पिटलका मेडिकल डाइरेक्टर, सीओओ, विभागीय प्रमुखहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुखलगायतको उपस्थिती रहेको थियो । स्टार हस्पिटलले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *