रामपुर अस्पतालमा पनि अब डाइलासिस सेवा

स्वास्थ्य सेवा विभागले दियो ५ बटा हेमोडाइलासिस मेसिन

काठमाडौँ, ४ असार । पाल्पाको रामपुर अस्पतालमा पनि अब हेमोडाइलासिस सेवा सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आइतबार रामपुर अस्पतालका लागि ५ वटा हेमोडाइलासिस मेसिन हस्तान्तरण गरेको छ ।

विभाग अन्तरगर्त व्यवस्थापन महशाखाका निर्देशक डा सर्वेश शर्माले रामपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा विजय परियारलाई मेसिन हस्तान्तरण गरेका हुन् ।

मेसिन उपलव्ध भएपछि रामपुर अस्पतालले मिर्गौला फेल भएका बिरामीका लागि डाइलासिस सेवा उपलव्ध गराउने बताएको छ ।

यसअघि रामपुर अस्पतालले मिर्गौला फेल भएका बिरामीका लागि सेवा दिनभन्दै कम्तिमा पाँचवटा डाइलासिस मेसिन उपलव्ध गराईदिनु भन्दै विभागलाई पत्र पठाएको थियो । सोही माग अनुसार विभागले ५ वटा डाइलासिस मेसिन र १ सेट आरओ प्लाण्ट सहित ७८ लाख ७३ हजार ५ सय ९९ सय बराबरको सामाग्री प्रदान गरेको हो ।

मेसिन हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल, रामपुर नगरपालिकाका मेयर रमण थापा, नेपाली कांग्रेसका नेता सन्दीप राना तथा स्थानीय अगुवाहरुको उपस्थिति थियो ।

अस्पतालका मेसु डा परियारले डाइलासिस मेसिन प्राप्त गरेसंगै नयाँ सेवा थपिएको र यसले पाल्पासंगै गण्डकी भेगका विभिन्न जिल्लाका बिरामीहरुका लागि उपचार सुविधा हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *