नेपालमा पनि देखियो मंकीपक्स भाइरसबाट हुने एमपक्स भाइरस
काठमाडौँ, १ असार । नेपालमा पनि मंकीपक्स भाइरसबाट हुने ‘एमपक्स’ रोग देखा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण देखा परेको हो । उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौँको एक अस्पतालमा परीक्षण भएको थियो ।
उक्त नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।
नेपालमा पहिलोपटक पुष्टि भएको एमपक्स संक्रमण विश्वभरी १११ देशमा पुष्टि भईसकेको छ । यो मानिसबाट मानिसमा वा जनावरबाट मानिस सर्ने गर्दछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]