चितवनमा एक जना स्वास्थ्यकर्मीमाथि मोविल खन्याई दुर्व्यहार (भिडियो)
चितवन, ३२ जेठ । शिवनगर आयुर्वेद अस्पतालमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मी देवराज लामिछानेमाथि दुर्व्यहार भएको छ । बुधबार आयुर्वेद अस्पतालमै पुगेका बेला केही व्यक्तिहरुले उनीमाथि मोविलको कालोमोसो खन्याएका छन् ।
नेपालीहेल्थलाई प्राप्त भिडियो फुटेजमा उनलाई कार्यालयमा नियमित उपस्थित नभई कहिले काँही हाजिर गर्न आउने र तलव खाने गरेको आरोप लगाउँदै कारवाही गरिएको बताइएको छ ।
भिडियोमा कार्यालयको एक छेउमा रहेका लामिछानेलाई बोतलमा लगिएको मोविल खन्याइएको देखिन्छ । त्यसअघि काम नियमित नगरेको भन्दै गाली गरेको आवाज सुनिन्छ ।
दुर्व्यहार पछि लामिछाने शौचालय तर्फ अघि बढेको देखिएको छ ।
यस विषयमा लामिछानेको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन् । नेपाली हेल्थले सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन् ।
लामिछाने गगन थापा स्वास्थ्यमन्त्री हुँदा सचिवालयको टोलीमा रहेका थिए ।
सम्पर्क इमेल : [email protected]