अग्नीजन्य दुर्घटनाका बारेमा हरेकलाई जानकारी हुनुपर्छ : सांसद भण्डारी

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसका लोकप्रिय नेता तथा सांसद डा. चन्द्र भण्डारीले नेपाललाई उपचारको हव बनाउन सकिने संभावना रहेको बताएका छन् ।

नेपालको हावापानी र प्राकृतिक सौन्दर्यताका कारण पनि नेपालमा अधिकांश रोगको उपचार थप प्रभावकारी हुने भएकाले उपचारको हव बनाउन सकिने उनको भनाई छ ।

काठमाडौमा आयोजित अग्नीजन्य दुर्घटना, सचेतना तथा उपचारमा पहुँच सम्बन्धी नीतिगत वहसमा उनले भने, “अग्नीजन्य घटना कम गर्ने सबैभन्दा मुख्य उपाय नै सचेतना अभियान हो ।”

उनले आफूलाई परेकाले यस बारेमा सबैको ध्यान तान्न पाएको र आगामी दिनमा यस्ता घटना कम गर्ने अभियान आफूले चलाईरहने अठोट व्यक्त गरे । उनले यस्ता अभियान सिमित तरिकाले मात्रै चलाएर नहुने उल्लेख गर्दै राज्यले नै देशव्यापी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा यसका बारेमा केही नसमेटिएपछि आफूले प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराएपछि बजेटमा समेटिएको उनले जानकारी दिए ।

जलनबाट हुने पिडा अति धेरै हुने गरेको अनुभव सुनाउदै उनले भने, “म बाँच्नु पर्छ, जलन सम्वन्धी अभियान चलाउनु पर्छ र देशका लागि अरु पनि धेरै काम गर्न बाँकी छ भन्ने अठोटले आफूलाई पिडा सहन आत्मबल दियो ।”

वर्न भोइलेन्स सर्भाभर (विभिएस) ले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष कोहिनुर दाहालले नेपालमा अग्नीजन्य दुर्घटनाको अवस्था, उपचार सेवा, विपन्न नागरिकको पहँुच लगायतका विषयमा जानकारी गराएका थिए ।

कृतिपुरस्थीत वर्न अस्पतालका प्राडा शंकरमान राईले अग्नीजन्य दुर्घटनालाई अधिकांशले वास्ता नगर्ने गरेको अनुभव सुनाउदै नेता भण्डारीको घटनाका कारण धेरैको ध्यान खिचिएको उल्लेख गरे । उनले सुविधासम्पन्न अस्पताल बनाउन धेरै ढिला भइसेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *