प्रधानमन्त्री दाहालको स्वास्थ्य परीक्षण : के आयो रिपोर्ट ?

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पूर्ण स्वास्थ्य परीक्षण गराएका छन् ।

प्रधानमन्त्री दाहाल सोमबार पत्नी सीता दाहाल सहित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल गएका थिए।

त्यहाँ डा. युवराज शर्मालगायत चिकित्सकको टिमले सीताको स्वास्थ्य परीक्षण गरे। र उनको पिसाबमा इन्फेक्सन देखिएको थियो। उनलाई चेकजाँच पछि सोमबार नै निवास लगिएको थियो ।

यसैगरी प्रधानमन्त्री दाहालले पनि पूर्ण स्वास्थ्य परीक्षण गराएका थिए।

अस्पतालका अनुसार प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था सामान्य देखिएको छ। उनको सबै रिर्पोट सामान्य आएको अस्पतालले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *