स्वास्थ्य परीक्षणका लागि कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् ।

नियमित स्वास्थ्य परीक्षण गर्न पूर्व प्रधानमन्त्री देउवा एक साताका लागि सिंगापुर जान लागेका हुन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिवालयले जनाएको छ ।

देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि संगै जाने भएकी छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका थिए । साथै उनको आँखाको उपचार पनि हुने बताएएको छ ।

यसपटकको भ्रमण उनको नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै भएको उनको सचिवालयले जनाएको छ । यसअघि २०७६ जेष्ठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *