बृद्धभत्ता बुझ्ने काठमाडौँ महानगरका जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार नि:शुल्क
महानगरका जनप्रतिनिधि र कर्मचारीले पनि नि:शुल्क उपचार सेवा पाउने
काठमाडौँ, १८ जेठ । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडा भित्रका बृद्धभत्ता प्राप्त जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
महानगरपालिकाले ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई छत्रपाटी निशुल्क चिकित्सालयबाट स्वास्थ्य सेवा दिने भएको हो ।
काठमाडौँ महानगरपालिका र छत्रपाटी निशुल्क चिकित्सालयबीच भएको सम्झौँता अनुसार ३२ वटै वडाका जेष्ठ नागरिकलाई निशुल्क उपचार सेवा दिन लागिएको हो ।
महानगरका प्रमुख बालेन्द्र शाह बालेनले चिकित्सालयले उपलव्ध गराउने सबै सेवा महानगरपालिकाभित्रका जेष्ठ नागरिकले निशुल्क प्राप्त गर्ने बताए । उनले त्यसका लागि सम्वन्धित वडा कार्यालबाट प्राप्त बृद्ध भत्ता परिचय पत्र, कर्मचारी परिचय पत्र, वा वडा कार्यालयको सिफारिस पत्र भने अनिवार्य चाहिने उल्लेख गरेका छन् ।
त्यसो त महानगरपालिकाले जेष्ठ नागरिक मात्रै होईन यो सुविधा आफ्ना सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीका लागि पनि मिलाएको छ । केही दिन अघि भएको सम्झौँतामा जेष्ठ नागरिकसहित महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु र कर्मचारीले पनि सो चिकित्सालयबाट निशुल्क स्वास्थ्य उपचार सेवा पाउने भनिएको छ ।
चिकित्सालयले उपलव्ध गराउने निशुल्क स्वास्थ्य उपचार सेवामा के के पर्दछन् ?
- २४ सै घण्टा आकस्मिक सेवा
- ल्याप्रोस्कोपीक शल्यक्रिया
- सर्जरी
- फिजिसियन र इन्टरनल मेडिसिन
- नाक, कान, घाँटी रोग
- स्त्री रोग
- पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी)
- चर्म तथा यौन रोग
- बाल रोग
- अल्ट्रासाउण्ड
- टिएमटी र हल्टर
- अडियोग्राम
- टिम्पानो मिटर
- इको
- मनोचिकित्सा
- २४ सै घण्टा प्याथोलोजी,
- डिजिटल एक्सरे,
- पिसाब नलीको पत्थर चिरफार नगरीकन
- शल्यक्रिया
- आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया
- हाड, जोर्नी र नशा रोग
- जनरल हेल्थ चेकअप
- ईण्डोस्कोपी र कोलोन्स्कोपी
- दन्त रोग
- मुटु रोग
- ड्रेसिङ्ग
- ईसीजी
- स्त्री रोग शल्यक्रिया
- हार्डजोर्नी शल्यक्रिया
सम्पर्क इमेल : [email protected]