‘डेन्टल फ्याकल्टि’का लागि आयोजना गरिएको ‘क्वालिटेटिभ रिसर्च ट्रेनिङ’ सम्पन्न
काठमाडौँ, ७ जेठ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)को आयोजनामा गत बुधबार देखि सुरु भएको क्वालिटेटिभ रिसर्च ट्रेनिङ शनिबार सम्पन्न भएको छ ।
विश्व विद्यालय अनुदान आयोगको अनुदान सहयोगमा आयोजना गरिएको सो ट्रेनिङमा विभिन्न चार वटा शिक्षण संस्थाका २८ जना फ्याकल्टीहरु सहभागि थिए ।
केडीसीका प्रिन्सिपल प्राडा रविन्दमान श्रेष्ठका अनुसार सो ट्रेनिङमा केडिसीका अलावा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिन, काठमाडौँ मेडिकल कलेज र यति हेल्थ साइन्सका फ्याकल्टी डाक्टरहरुको सहभागिता थियो ।
सहभागीहरुलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा मधुसुदन सुवेदी, हेल्थ एक्सन एण्ड रिसर्चका डा रोनिता धिमाल र नीति अनुसन्धान प्रतिष्ठानका डा मन्दिरा लामिछानेले ट्रेनिङ दिएका थिए ।
उक्त ट्रेनिङको संयोजक डा सुजिता श्रेष्ठ र प्राडा दीप शिखा बज्राचार्य रहेका थिए ।
‘फ्याकल्टीहरुलाई यस्तो ट्रेनिङ आवश्यक छ । विश्व विद्यालय अनुदान आयोगले यो खालको डेन्टल फिल्डमा यो खालको ट्रेनिङको पहिलो पटक व्यवस्था गरेको हो । अब यसलाई निरन्तरता दिन सकियो भने हामी सबैका लागि फाइदा जनक हुन्छ,’ केडीसीका प्रिन्सिपल प्राडा श्रेष्ठले भने ।
चार दिने सो ट्रेनिङमा सहभागिहरुलाई सैद्धान्तिक ज्ञानसंगै प्रयोगात्मक अभ्यास गराइएको थियो ।
सम्पर्क इमेल : [email protected]